काठमाडौं – नेपाल विधार्थी संघले त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुले गत वर्ष जेठ ९ गते जुनसुकै कक्षामा स्नातकको पहिलो बर्षको परीक्षा भर्नाका लागि प्रकाशित गरेको सूचनामा प्रेस विज्ञप्ति मार्फतगम्भीर ध्यान दिएको छ ।
कोरोना माहामारिको दोस्रो लहरको प्रकोकपका कारण लकडाउन भइ सबै नेपाली आफ्नो घरको चार दिवार भित्र खुम्चिएर बस्नु परेको अवस्थामा अनलाइन मार्फत फारम भर्ने कुरा स्वागत योग्य भएपनी अन्य धेरै व्यवहारिक यथार्थता तर्फ ध्यान नपुर्याइएको महसुस भएको भन्दै तत्काल जेठ नौ गते निकालिएको सुचनालाई परिमार्जन गर्न माग गरेको छ ।
प्राय विधार्थीहरु आआफ्नो घरमा रहेको वर्तमान अवस्थामा दुरदरजका गाउँहरुमा प्रविधिको पहुँच नभएको र कतिपय स्थानमा बैंक तथा वित्तीय संस्थाहरु बन्द रहेको अवस्थामा दस्तुर बुझाउन सहज नभएको तथा अहिलेको प्रतिकुल अवस्थामा असार १ देखी ७ सम्म दोब्बर दस्तुर बुझाइ फारम भोर्न पाइने सुचना हास्यास्पद र विधार्थी मारा निर्णय रहेको नेविसंघका केन्द्रिय सभापति राजिव ढुंगानाले बताउछ्न ।
त्यस्तै नेविसंघका माहामन्त्री युवराज पाण्डेले विद्यार्थीहरुको परीक्षा जस्तो संवेदनशील बिषयमा अलि जिम्मेवार र गम्भीर बन्दै परीक्षा फाराम भर्ने तालिका र बिधिमा समेत आवश्यक परिमार्जन गरि यस विषम समयानुसार ब्यावहारिक र विद्यार्थीहरुलाई सहज बनाउन त्रि.वि.संग जोडदार माग गरेका छन ।
नेविसंघले प्रेस विज्ञप्ति मार्फत यस्तो माग गरेको छ :