वालिङ, १४ जेठ ।
परोपकार पुण्याय पापाय परपीडनम् । अर्थात् परोपकार पुण्य हो र अरूलाई पीडा दिनु पाप हो । संस्कृतका वाक्यांश जस्तै अहिले कोरोनाको दोस्रो लहरले देशलाई महासंकटमा पारेको वेला अहिले समाजमा परोपकारी मानिसको खाँचो परेको छ ।
विश्वलाई जितेको कोरोना जिवाणुको संक्रमण भएपछि संक्रमितलाई अस्पतालसम्म पुर्याउन समेत सहज छैन । समुदायमा नयाँ भेरियण्ट सहितको संक्रमण देखिएपछि अहिले गाँउ गाँउ सम्म संक्रमण वढ्दै गइरहेको छ ।
संक्रमणको रोकथामका लागि यतिवेला स्थानीय सरकारका जनप्रतिनिधि, राजनैतिक दलका कार्यकर्ता, संघ संस्थाहरुले आ आफ्नै भूमिका निर्वाह गरिरहेका छन् । यस्तो संकटका वेला वालिङ नगरपालिकामा केही यूवाहरु कोरोना कहरका विच विरामीको सहयोगी भूमिकामा उदाहारणीय कार्य गरिरहेका छन् ।
कोरोना संक्रमणको डरले एम्वुलेन्स, तथा भाडाका सवारी साधनहरुले विरामी ओसार पसार गर्न नमानेपछि वालिङमा यतिवेला दुई तिन समुहमा रहेका युवाहरुले संक्रमितलाई उपचारका लागि अस्पताल सम्म पुर्याउने देखि मृत्यूवरण गरेका संक्रमितको शव व्यवस्थापनमा समेत सहयोग गर्ने गरेका छन् ।
वालिङ नगरपालिका वाड नं ९ का युवा विवेक पराजुली र वालिङ १४ का याम लुईटेलको दिनचर्या कोरोनावाट पीडितहरुको सेवामै विताइरहेका छन् । सुरुमा वालिङ नगरपालिका वाड नं १० का वडा अध्यक्ष अनन्तराज गैह्रेले आफ्नो निजि गाडी संक्रमित विरामीलाई सेवाका लागि दिने घोषणा गरेपछि ति दुई यूवाहरु अध्यक्षको गाडी आफूहरुले प्रयोग गर्न पाए आसपासका क्षेत्रमा रहेका विरामीको सेवा गर्ने प्रतिवद्धता अनुरुप उनीहरु अहिले सोही निजि पिक अप मार्फत विरामीलाई उपचारमा सहयोगी भूमिका निर्वाह गरिरहेका छन् ।
‘कोरोना भाइरस सर्ने डरले आफ्नै परिवार र एम्बुलेन्सले समेत अस्पताल लैजान डराएपछि आफूले आत्मबल बलियो बनाएर बिरामीको सेवामा लागेको हुँ’, विवेक पराजुलीले भने, ‘गाँउवाट विरामीले समस्या परेको जानकारी प्राप्त हुनासाथ उनीहरुको उद्दार गरेका छौं । अस्पतालवाट उपचार पश्चात संक्रमण मुक्त भएर घर फर्के भन्ने खवर पाउँदा छुट्टै आनन्द आउदो रैछ, यसले थप आत्मबल बलियो बनाएको महसुस गरेको छ ।’
सुरुका दिनवाट अहिलेसम्म झण्डै ५० जना विरामीको उद्दार गरिएको कति विरामी संग उपचारको लागि रकम अभाव थियो उनीहरुको पनि निशुल्क उपचारका लागि पार्टिका नेताहरुवाट सहयोग भइरहेको वताएका छन् ।
राजनीतिक हिसावले नेकपा एमालेमा क्रियाशिल यि दुवै यूवाहरु राजनीतिलाई समाज सेवाको रुपमा हेरिने हुँदा यो महामारीको वेला विरामीहरुको सेवालाई आफ्नो कर्तव्यको रुपमा लिएको अर्का याम लुइटेलले वताए । मोटर साईकलवाट विश्व यात्राका लागि यात्रा तय गरिसकेका लुईटेल कोरोनाका कारण यात्रा वन्द हुँदा विरामीको सेवा गर्ने मौका पाएकोमा आफू अत्यान्तै खुसि रहेको वताउछन् ।
उता नेपाल तरुण दलका नगर सभापती आशिष खाँणको नेतृत्वमा वालिङकै केही यूवाहरु आपतमा परेका विरामीलाई दिनहुँजसो सेवा दिइरहेका छन् । नगरपालिका भित्र सबै वडाका नागरिकले उपचार नपाएर मृत्यूवरण गर्न नपरोस भन्दै विरामीले खवर गर्नासाथ उनीहरुको उद्दार कार्यमा खटिदै आइरहका छन् । खाँणको नेतृत्वको टिममा कमल कुँवर, राजु कँुवर, सुरेन्द्र चापागाई र याम सार्की लगायतका युवाहरु कोरोना संक्रमितको सहज ढंगले उद्दार गर्न लागि परेका छन् ।
कोरोना भाइरस लागेका बिरामीको उपचारका लागि चिकित्सक तथा स्वास्थ्यकर्मीहरु रातदिन खटेजस्तै उनिहरु पनि रातदिन मानवीय सेवामा खटेका छन् । वालिङ १४ का कमल कुँवर भन्छन, ‘यो बेला कोरोना संक्रमितलाई माया र सद्भाव चाहिएको छ, हामी जस्ता युवाहरुले कोरोना लागेका व्यक्तिलाई माया र सद्भाव बाड्न सकियो भने उनीहरुको आत्मबल बलियो भएर छिट्टै कोरोना जित्न सफल हुन्छन्’ । सुरुका दिनमा राती पनि विरामीलाई सेवा दिनुपरेको थियो भने अहिले केही कम भएको महशुस गरेको कुँवरले वताए ।
संक्रमणको उच्च जोखिममा पनि यी यूवाहरुको प्रशसंनीय कार्यले सामाजिक उत्तरदायित्वमा लाग्न अरुलाई पनि प्रेरणा मिल्ने वालिङ ८ का वडा अध्यक्ष कमल सुवेदी बताउँछन् । कसैले पनि कोरोना संक्रमित विरामी बोक्न नमानेको बेला जोखिम मोलेर भए पनि विरामीलाई अस्पताल पुर्याउने यी परोपकारी यूवाहरुको सहयोगले नगरपालिकाका जनप्रतिनिधिलाई समेत थप उत्साही वनाएको उनले बताए ।