काठमाडौँ – नेकपा एमालेका नेता एवम् पूर्व मन्त्री गोकर्ण बिष्टले पार्टी एकता जोगाउनका लागि अन्तिम समयसम्म प्रयास गर्ने बताएका छन् ।
उनले बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुक मार्फत एकताका लागि एमाले र जनसंगठनका सबै तहका कमिटिहरुलाई २०७५ जेठ २ को पूर्ववत् अवस्थामा फर्काउनु पर्ने उल्लेख गरेका हुन् ।
एकताका लागि अन्तिम समयसम्म इमानदार प्रत्यन रहने बताएका नेता बिष्टले लेखेका छन्, ‘राष्ट्र, जनता, लोकतन्त्र र कम्युनिस्ट आन्दोलनको रक्षाका लागि सही विचार र कार्यदिशा अवलम्बन गरेको सवल एवं एकीकृत पार्टीले मात्रै महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्न सक्दछ ।’