स्याङ्जा-कोरोना भाइरसको माहामारी अहिले विश्व भर नै रहिरहेको बेला नेपालमा पनि अहिले कोरोनाको माहामारी दिनप्रतिदिन बढ्दै गहिरहेको छ ।
अहिले नेपालका लागी विदेशमा श्रम गर्न जाने श्रमिकहरुले आफ्नो जन्म भुमीका लागी आर्थिक तथा सामाग्री सहयोग प्रदान गर्दै आइरहेका छ्न ।
त्यस्तै स्याङ्जा जिल्लाबाट दक्षिण कोरिया गएका वालिङ नगरपालिका भित्रका एक युवा समूहले आफ्नो नगरपालिकालाई झण्डै सवा चार लाख रुपैंया अर्थात चार लाख तेईस हजार सात सय अन्ठानब्बे रुपैंया सहयोग प्रदान गरेका छ्न ।
वर्तमान कोरोनाको फैंलिदो विषम परिस्थितिमा नेपालका सबैजसो स्थानहरुमा जस्तै वालिङ पनि प्रभावित भएकोले कोरोना संक्रमण नियन्त्रणमा सघाउ र बिरामीहरुको हेरचाहको निमित्त सो संकलित रकम नगरपालिकाको बिपत कोषमा जम्मा गरिएको हो ।
कोरियामा रहेर पनि आफ्नो जन्मभूमिप्रतिको अगाध माया सहितको अमूल्य सहयोगप्रति धन्यवाद व्यक्त गर्दै सहयोग रकमको पूर्ण सदुपयोग हुने वालिङ नगरपालिकाका प्रमुख दिलीपप्रताप खाँणले बताए ।
विशेष गरि उपचारार्थ कोभिड संक्रमित बिरामीको लागि औषधी, अक्सिजन, सन्तुलित खाना, एम्बुलेन्स साथै भ्याक्सिनमा खर्च गरिने साथै सहयोगीहरुको नामावली अभिलेख सुरक्षित राख्दै आम्दानी र खर्चको विवरण सार्वजनिक गर्न नगरपालिका प्रतिबद्ध रहेको नगरप्रमुख खाणले बताए ।
मेसेन्जर ग्रुपबाट उठेको उक्त रकममा १०५ जनाले स्वेच्छिक रुपमा सहयोग संकलनमा जुटेका थिए ।
कोरोनाका कारण विश्व अहिले आक्रान्त्तित भइरहेको बेला आफ्नो जन्म भुमीमा रहेका सम्पुर्ण वालिङ नगरवासिलाइ सहयोग पुगोस भन्ने हेतुले आर्थिक रकम जम्मा गरि वालिङ नगरपालिकालाई पठाएको र अझै परिआएको खण्डमा सहयोग गर्दै जाने कोरिया रहेका सहयोग दाताहरु मध्य सन्दीप डुम्रे र राजन गैर्ह्रेले हिमदुत सङ्ग बताए ।