काठमाडौं । सरकारले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को प्रमुखमा नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मालाई नियुक्त गरेको छ ।
प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले जनाए अनुसार कोभिड(१९ को नियन्त्रण तथा रोकथामका लागि सरकारले अध्यादेशमार्फत् सिसिएमसीको पुनर्गठन गरेको हो।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले शर्मालाई सीसीएमसीको जिम्मेवारी दिएको हो । प्रधानमन्त्री ओलीले सीसीएमसीका संयोजक एवं उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको सीसीएमसीलाई खारेज गरी आफ्नै नेतृत्वमा निर्देशक समिति पुनर्गठन गरेका थिए ।
निर्देशक समितिमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री, गृह, सामान्य प्रशासन तथा संघीय मामिला, उद्योग वाणिज्य तथा आपूर्ति, स्वास्थ्य तथा जनसंख्या, अर्थ, कृषि, परराष्ट्र, ऊर्जा र पर्यटन मन्त्री सदस्य छन् ।