काठमाडौँ । नेपालमा चार सातापछि कोरोना संक्रमण घट्दै जाने स्वास्थ्य तथा जनसंख्या मन्त्री ह्यदयेश त्रिपाठीले दाबी गरेका छन् । सोमबार मन्त्रालयमा आयोजित भर्चुअल पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।
‘नयाँ भेरियन्ट संक्रामक र घातक पनि रहेको छ,’ उनले भने । आंशिक रूपमा आवतजावत भइरहेको र केही कार्यालय खोलेकोले संक्रमण दरमा कमी नआएको उनले बताए ।
अहिले दैनिक २० हजार नमुना परीक्षण गर्दा ८ हजार ३०० जनामा संक्रमण पुष्टि हुने गरेको छ ।