काठमाडौं । नेकपा माओवादी केन्द्रको सहायक संगठन वाइसिएल नेपालले आज साँझ देशैभर राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमन विरुद्धमा पुत्ला दहन गरेको छ ।
सामाजिक दुरी कायम हुने गरी ७७ वटै जिल्ला र मुख्य शहरका चोकहरुमा आयोजना गरेको कार्यक्रम राष्ट्रपति र प्रधानमन्त्रीको पछिल्लो संसद विघटनका विरुद्द रहेको संगठनले जनाएको छ ।
शनिबार मात्रै वाइसिएल लगायत ६ वटा युवा संगठनद्वारा प्रतिनिधिसभा विघटनको विरोध गर्दै राष्ट्रपति र प्रधानमन्त्रीलाई कानुनी कठघरामा उभ्याउन माग गरेको थियो ।