स्याङ्जा-नेपाली काङ्ग्रेसका नेता एवं प्रतिनिधि सभाका सदस्य मोहन पाण्डेले रास्ट्रपतिको अपरिपक्कता र प्रधानमन्त्रीका षड्यन्त्रकारी सल्लाहकारहरुको षड्यन्त्रले नेपालको राजनिती अस्थिरता तर्फ लैजाने प्रयत्न भएको बताएका छ्न ।
नेता पाण्डेले सामाजिक संजाल मार्फत बन्द कोठामा नेपालमा अस्थिरता चाहानेहरुले षड्यन्त्रपुर्ण रणनीतिको हतियार प्रधानमन्त्री आफै बन्न तयार भएको नेपाल र नेपालीको दुर्भाग्य भएको बताएका छ्न ।
षड्यन्त्रपुर्ण तरिकाले प्रतिनिधि सभाको विघटन गरि निर्वाचनको घँषणा गरिने र निर्वाचन नहुने परिस्थितिको निर्माण गर्ने र संवैधानिक संकट खडा गरि भिन्न परिस्थितिको माझ षड्यन्त्रकारीहरुले आफ्नो उदेश्य पूरा गर्ने प्रयत्नको आभाष भएको पाण्डेले बताए ।
उनले संविधानको स्वभाविक प्रयोग सङ्गै बामे सर्दै गरेको संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको लागि लोकतान्त्रिक शक्तिहरुको एकताको लागी पनि आग्रह गरे छ्न ।
पाण्डेले प्रधानमन्त्रीले संसद भित्र लिने विश्वासको मतको परिक्षाको परिणाम अनुमानका आधारमा आकलन गर्नु असंवैधानिक कार्य हो भन्दै विधिसम्मत तरिकाले संसदबाट परिणाम खोज्न या राजिनामा गरि संवैधानिक मार्ग खुला गर्न अनि मात्र नयाँ सरकारको गठन प्रराम्भ गर्न आग्रह गरेका छ्न ।
उनले फेसबुक मार्फत यस्तो लेखेका छ्न :