काठमाडौं । सरकारको कदम विरुद्ध आवश्यक छलफल र रणनीति तय गर्न नेकपा माओवादी केन्द्रले स्थायी कमिटीको बैठक बोलाएको छ ।
बैठक दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्नेगरी बोलाएको स्थायी कमिटी सदस्य देव गुरुङले बताए । प्रधानमन्त्री ओलीले राजिनामा नदिइ वा संसदबाट विश्वासको मत नलिइ अल्पमतको सरकारले संविधान विपरित धारा ७६(५) बमोजिम नयाँ सरकार गठन गर्न राष्ट्रपतिद्वारा आह्वान हुनु त्रुटिपूर्ण र संविधान सिध्याउने जालसाँझी भएको आरोप लगाएको छ ।
उनले बिहीबारको राजनीतिक घटनाक्रम र भावी रणनीति बनाउन बैठक बोलाएको बताए । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनका लागि प्रतिनिधिसभा सदस्यहरूलाई शुक्रबार साँझ ५ बजेसम्मको समय दिएकी छन् । त्यसबारे माओवादी लगायत सवै दल आन्तरिक छलफलमा जुटेका हुन् ।