हेटौंडा । हेटौंडाको भुटनदेवि माविमा भएको राष्ट्रिय सभाको उपनिर्वानको मतदान सकिएको छ । उपनिर्वाचनमा १० मतदाता उपस्थित भएनन् । हेटौंडाको भुटनदेवि माविमा आज बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म भएको मतदान अवधिमा ३३८ मतदाता मात्रै उपस्थित भएर मत हालेका छन् ।
बागमती प्रदेशको कुल सांसद ११० मध्ये एक सांसद पशुपति चौलागाईको यसअघि नै निधन भएको थियो । बाँकी १०९ मध्ये विवेकशील साझा पार्टीका तीन प्रदेश सांसद रमेश पौडेल, विराजभक्त महर्जन र शोभा शाक्य उपस्थित भएनन् । उनीहरूले आज बिहानै प्रेस विज्ञप्ती जारी गर्दै मतदानमा सहभागि नहुने जनाएका थिए ।