बुटवल । नेकपा (माओवादी केन्द्र) का कपिलवस्तुका जिल्ला नेता दीपक पाण्डेमाथि गएराति गोली प्रहार भएको छ ।
गएराति नेता पाण्डेमाथि तौलिहवा–जीतपुर सडकखण्डको सडवा भन्ने स्थानमा गोली प्रहार भएको हो ।
पाण्डेको पेट र कम्मरमाथि दुई गोली लागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भईरहेको छ भने एउटा गोली निकालिएको र अर्को गोली निकाल्न बाँकी रहेको अस्पतालले जनाएको छ ।
३५ वर्षिय पाण्डेलाई तीन जनाको समुहले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।