पोखरा । गण्डकी प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ । बुधबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
एमालेका किरण गुरुङ (अर्थ मन्त्रालय), रामशरण बस्नेत (भौतिक पूर्वाधार), नरदेवी पुन (सामाजिक विकास) र विकास लम्साललाई (उद्योग, पर्यटन वन तथा वातावरण) नै मन्त्री बनेका छन् । एमालेबाट सहभागी मन्त्रीलाई नै दोहोर्याएका हुन् । नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
त्यस्तै स्वतन्त्र निर्वाचित सांसद दीपक मनाङे युवा तथा खेलकुद मन्त्रीमा दोहोरिएका छन् ।