काठमाडौं । सत्ता समिकरणको विषयमा बिहान जसपाका अध्यक्ष महन्त ठाकुर र राजेन्द्र महतासंग भेट गरेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिहिबार अपरान्ह पार्टी पदाधिकारीको बैठक बोलाएका छन्। जसपा नेताहरुसंगको भेटवार्ताको विषयमा छलफल गर्न पदाधिकारी बैठक बोलाइएको देउवाको सचिवालयले जनाएको छ । बिहान भएको दुई पक्षीय वार्ताबारे केही नखुलाइएपनि राष्ट्रपतिले दिएको समयसीमा भित्र सरकारको नेतृत्व दावी गर्ने वा नगर्ने भन्ने विषयमा छलफल केन्द्रीत हुने बताइएको छ । संविधानको धारा ७६(२) अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले दुई वा दुई भन्दा बढी दल सहभागि रहेको बहुमतको सरकार दलहरुलाई दिएको तीन दिनको समय बिहिबार वेलुका सकिदै छ ।
बिहीबार बिहान जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोलाई बुढानिलकण्ठमै भेटवार्ता गरेका देउवाले अपरान्ह ४ बजेका लागि पार्टी पदाधिकारी बैठक राखेका हुन्।
कांग्रेसका एक नेताले दिएको जानकारीअनुसार पदाधिकारी र पूर्वपदाधिकारीलाई बैठकमा बोलाइएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ ९२० अनुसार सरकार गठनका लागि दलहरूलाई दिएको समय आज बेलुकी ९ बजे सकिँदैछ।