हिमदुत सम्वाददाता
स्याङ्जा- २७ वैशाख ।
स्याङ्जा जिल्ला स्थित बिरुवा गाँउपालिकाले दोस्रो लहरको नयाँ भेरियण्ट सहितको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि अक्सिजन सहितको आइसोलेशन वेड तयार गरेको छ ।
गाँउपालिकाले बडा न ६ स्थित चिन्नेवासमा १२ बेड र वडा न १ को स्वास्थ्य चौकिमा ५ बेड गरि कुल १७ बेडको आइशोलेसन तयार पारेको गाउँपालिकाले जनाएको छ ।
गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत कुलराज सुुुुवेदीले आवश्यकता अनुसार थप बेडहरु निर्माणको लागि समेत तयारी गरिएको जानकारि दिएका छन् । पछिल्लो समय धेरै संक्रमितलाई अक्सिजनको साहारा दिनुपर्ने भएकाले सवै बेडलाइ पुग्ने गरि अक्सिजनको समेत ब्यबस्था गरिएको सुवेदीले जानकारि दिएका छन् ।
विरामिलाई निगरानिको लागि सिसि क्यामेराको समेत प्रबन्ध गरिएको आइशोलेशनमा एक जना डक्टर र २ जना स्टाफ नर्सले चौबिसै घन्टा बिरामिको हेरचाह गर्ने प्रबन्ध समेत गरिएको छ । बिरुवा गाउपालिकामा हाल सम्म २ जना महिला र ४ जना पुरुष गरि कुल ६ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
पोजेटिभ देखिएका संक्रमितहरू आइशोलेसनमा राख्ने र बाहिरबाट आएकालाइ १५ दिन होम क्वारेन्टाइनमा बस्ने गरि प्रबन्ध समेत गरिएको प्रमुख प्रशासकिय अधिकृत सुबेदिले जानकारी दिए । वाहिरवाट आउनेको लागि गाउपालिकाले ४५ बेडको क्वारेन्टाइन समेत निर्माण गरेको छ ।
स्वास्थ्यमा गम्भीर समस्या देखिएमा पालिकाले एम्वुलेन्स मार्फत सुविधा सम्पन्न अस्पतालमा पुर्याउने व्यवस्था गरिएको पालिकाले जनाएको छ । यसैगरी हरेक वडामा होम क्वारेन्टाइन अनुगमन तथा निगरानी समिती समेत गठन गरिएको छ । उक्त समितिले क्वारेन्टाइनमा रहेका ब्यक्तिहरुको स्वास्थ अवस्था बारेमा गाउपालिकालाइ जानकारी गराउनुको साथै पिसिआर परीक्षणको लागि सिफारिस समेत गर्ने प्रवन्ध गरिएको छ ।
अघिल्लो पटकको भन्दा यसपटकको कोरोना भेरियन्ट बढी जटिल देखिएकोले गाउपालिकाले बजार , शैक्षिक सस्था तथा सार्बजनिक यातायात बन्द गरेको छ ।
गाँउपालिका बाट प्रदान गरिने अत्याबश्यक बाहेकका सबै सेवा हरु समेत ३१ गते सम्मको लागि बन्द गरिएको छ ।
अत्यावश्यक काम वाहेक आफ्ना नागरिकलाई घर बाहिर ननिस्कन र निस्कन परेमा आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरेर मात्र बाहिर निस्कन सार्वजानिक अपिल गरेको छ ।