बुटवल । जनता समाजवादी पार्टी (जसपा)का चार जना लुम्बिनी प्रदेश सभाका सदस्य पदमुक्त भएका छन् । बिहीबार प्रदेश सभाले सूचना प्रकाशित गरी पदमुक्त गरेको हो ।
पदमुक्त हुनेहरूमा सन्तोगाकुमार पाण्डेय, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे रहेका छन् । पार्टीहित विपरित गएपछि उनीहरूलाई मुख्यमन्त्री शंकर पोखरेलले मन्त्री बनाएका थिए ।