काठमाडौं । निर्वाचन आयोगले आज दलहरूसँग छलफल गर्न लागेको छ।
निर्वाचन सम्बन्धी आचारसंहिताबारे छलफल गर्न आइतबार बिहान ११स्३० बजे दलहरूलाई बोलाइएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।
निर्वाचन आयोगका अनुसार आयोगले आचारसंहिताको मोटामोटी मस्यौदा तयार बनाइसकेको र त्यसमा दलहरुको सुझाव समेट्न छलफल गर्न लागेको हो । ‘छलफलका लागि आयोगले सबै दलका नाममा पत्र काटेको छ । आउने व्यक्ति उहाँहरुलाई जो अनुकुल हुन्छ उहाँहरु नै आउनुहुन्छ’, प्रवक्ता श्रेष्ठको भनाइ छ । दलहरुसँग परामर्श सकेलगत्तै निर्वाचन आचारसंहिता सार्वजनिक गर्ने आयोगको तयारी छ ।
आयोगले नेपाल कम्युनिष्ट पार्टी नेकपा, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, राप्रपालगायत दललाई छलफलका लागि बोलाएको हो।
आयोगले निर्वाचन सम्बन्धी आचारसंहिताको मस्यौदा बनाइसकेको जनाएको छ।