हिमदुत २४ माघ,स्याङ्जा-
लायन्स क्लब अफ गल्याङ सिटिको आयोजनामा गल्याङ्मा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
क्लबका अध्यक्ष अर्जुन वस्यालले क्लबले रक्तदान लगायतका सामाजिक कार्यहरु गर्दै आइरेहेको र बढ्दो कोरोना सङ्क्रमणका कारण देशभर रगत अभाव भइरहेको बेला रक्तदान कार्यक्रम आयोजना गरिएको बताए।
कार्यक्रममा बोल्दै लायन्स क्लब अफ वालिङ सिटिको पुर्व अध्यक्ष देवेन्द्र भट्टराईले समाजका हरेक नागरिक विरामिको सेवा सहयोगी बन्नुपर्ने भनाइ राखेका थिए ।
उक्त रक्तदान कार्यक्रममा ३७ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक शिवराज भण्डारीले बताए ।
अर्जुन वस्यालको सभापतित्वमा भएको रक्तदान कार्यक्रमको संचालन क्लबका माहासचिव कृष्ण भट्टराईले गरेका थिए ।