भूपराज बस्याल, स्याङ्जा ।
नगरलाई ‘सेतो शहर’ नामकरण गरेर सहकारीमा दूध बेच्ने कृषकलाई नगरपालिकाले प्रतिलिटर १५ रुपियाँ अनुदान दिने गरेको भए पनि अनुदानमा एकरूपता नहुँदा कृषकमा निराशा छाएको छ ।
गल्याङ नगरपालिका–८ गोलौदीका टेकलाल खरालले दैनिकी ८ देखि ९ लिटरसम्म दूध सहकारीमा बेच्छ्न । दूध बिक्री गरेबापत नगरपालिकाले किसानलाई उपलब्ध गराउने प्रतिलिटर १५ रुपियाँबाट भने उनी वञ्चित छ्न ।
आफूले दूध बिक्री गर्ने सहकारीमा नगरप्रमुखको लगानी नभएकाले नगरपालिकाले उपलब्ध गराउने अनुदानबाट वञ्चित भएको उनको बुझाइ छ ।‘हामीले अनुदान पाउनका लागि नगर प्रमुखको लगानी भएको साना किसान सहकारीमा दुध बेच्नुपर्ने रहेछ । तर, हामीले नजिकै रहेको गाउँ सुधार दुग्ध उत्पादन सहकारीमा दूध बेच्दा नगरपालिकाबाट उपलब्ध हुने अनुदानबाट बन्चित हुन पर्यो खरालले बताए – उनले भने ‘हाम्रो सहकारीको दूध राम्रो भएका कारण अत्यधिक मात्रामा बजारमा बिक्री हुदोरहेछ ।
थोरैमात्र साना किसानको चिस्यान केन्द्रमा जाँदोरहेछ । जति दूध साना किसानको चिस्यान केन्द्रमा गयो उसको मात्रै अनुदान पाइने रहेछ ।’सोही सहकारीमा दूध बिक्री गर्ने अर्का किसान टीकाराम खरालको पनि उस्तै गुनासो छ । ‘दूधमा मात्रै नभएर भैंसी किन्दासमेत अनुदान दिन्छु भनेका थिए तर ती सबै भाषण मात्रै रहेछन्ग ।’ –उनले आक्रोश व्यक्त गरे ।नगरपालिका प्रमुख भूपराज अधिकारीले नगरपालिकाले सीधै किसानको खातामा अनुदान रकम पठाउने गरेको बताए तापनि कागजीरूपमा पुष्टि भएको छैन ।