तोलाकान्त बगाले वालिङ, २० माघ ।
निर्वाचित महिला जनप्रतिनिधिहरुका लागि तीन दिने नेतृत्व तथा सञ्चार सीप तालीम दिईएको छ ।
वालिङ नगरपालिकाले आफ्ना महिला जनप्रतिनिधिरुको क्षमता विकास तथा सञ्चार क्षमताको विकासलाई अभिवृद्धि गर्नका लागि तीन दिने तालीम प्रदान गरेको हो । तालिमको समापन गर्दै नगर प्रमुख दिलीपप्रताप खाँंणले प्रत्येक व्यक्तिले आफ्नो क्षमता तथा नेतृत्व विकास गर्न आवश्यक रहेको भन्दै तालीमबाट प्राप्त ज्ञानलाई दैनिक जीवनमा उपयोगमा ल्याउन सुझाव दिए । उनले समयानुकूल आँफूलाई बदल्न जरुरी रहेको भन्दै बढ्दो सूचना र प्रविधिको युगमा सञ्चारको महत्व बुझ्न आवश्यक रहेको बताए ।
नगर प्रमुख दिलीपप्रताप खाँंण
कार्यक्रममा उपप्रमुख कल्पना तिवारीले निर्वाचित महिला जनप्रतिनिधिहरु अन्य दिदीबहिनीहरुका लागि प्रेरणा बन्नुपर्नेमा जोड दिइन ।
उपप्रमुख कल्पना तिवारी
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवाली, प्रशिक्षक पत्रकार महासंघ कास्कीका उपाध्यक्ष बिमला भण्डारी, सहभागीकातर्फबाट वडा नं. २ की वडा सदस्य मैना कोईराला लगायतले तालीम निकै फलदायी रहेको बताएका थिए ।
प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवाली
१४ वटै वडाका जनप्रतिनिधि महिलाहरु सहित ३० जना महिलाहरुको सहभागिता रहेको तालीममा प्रशिक्षक भण्डारीले सहजीकरण गरेकि थिइन।
सामाजिक विकास समिति संयोजक युगमाया पंगेनीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले गरेका थिए।