हिमदुत,२० माघ,स्याङ्जा – लायन्स क्लब अफ गल्याङ सिटी,गल्याङ जेसिज र लक्ष्मी टेलिभिजनको संयुक्त आयोजनामा आज गल्याङ बजारमा सरसफाइ कार्यक्रम गरेका छ्न ।
गल्याङ नगरपालिका उपप्रमुख देविसरा पाण्डेको प्रमुख अतिथित्वमा कार्यक्रममा लायन्स क्लब अफ गल्याङ सिटी,गल्याङ जेसिज र लक्ष्मी टेलिभिजनको संयुक्त आयोजनामा आज गल्याङ बजारमा सरसफाइ कार्यक्रम गरेका छ्न ।
गल्याङ नगरपालिका उपप्रमुख देविसरा पाण्डेको प्रमुख अतिथित्वमा कार्यक्रममा गल्याङ बजारको रोड तथा गल्याङ बजार प्रांगण सरसफाई गरिएको थियो । प्रमुख अतिथि उपप्रमुख देविसरा पान्डेले सरसफाइ कार्यक्रमको प्रंशसा गर्दै, लायन्स क्लब अफ गल्याङ सिटि,गल्याङ जेसिज,लक्ष्मी टेलिभिजनलाइ सामाजिक कार्यहरुमा महत्वपूर्ण भूमिका खेलेको र आगामी दिनहरुमा पनि यस्ता सामाजिक कार्यक्रमहरूले निरन्तरता पाउनु पर्ने कुरामा जोड दिइन ।
त्यस्तै विस्नुमती सरसफाइ कार्यक्रमका संयोजक शोभाखर पाण्डेले सबै मिलेर सरसफाइ गरे गल्याङ बजार अनि सबै स्थानीय बासिन्दा पनि स्वस्थ हुने बताए । पाण्डेले आफ्नो अगाडी देखिएका फोहोरहरु आफैले व्यवस्थापन गर्न सकियो भने वातावरण स्वस्छ हुने बताए ।
गल्याङ बजारमा दिन प्रति दिन बढ्दै गएको फोहरलाइ नियन्त्रण गर्न सबैको सहकार्य आवश्यक रहेको बताउंदै गल्याङ जेसिज वर्ष २०२१ का अध्यक्ष गोपिकृष्ण रेग्मिले हामीले आफै पनि सकेसम्म कम फोहर उत्पादन गर्ने र भएको खण्डमा व्यवस्थापन गर्नु पर्ने धारणा राखे ।
त्यसैगरि लायन्स क्लब अफ गल्याङ सिटिका अध्यक्ष अर्जुन वस्यालले सफा वातावरणमा बाच्नु हाम्रो मौलिक अधिकार रहेको बताए ।
कार्यक्रममा गल्याङका विभिन्न संघसंस्थाका पधादिकारिहरु,राजनैतिक दलका नेताहरु तथा प्रहरीहरुको समेत उपस्तिथि रहेको थियो ।
लक्ष्मी टेलिभिजनका संचाक धादिराम पाण्डेको सभापतित्वमा भएको कार्यक्रमको स्वागत गल्याङ जेसिज वर्ष २०२१ का अध्यक्ष गोपिकृष्ण रेग्मी,धन्यवाद मन्तव्य लायन्स क्लब अफ गल्याङ सिटिका अध्यक्ष अर्जुन वस्यालले राखेका थिए भने कार्यक्रमको संचालन लक्ष्मी टेलिभिजनका पत्रकार टिकाराम अधिकारिले गरेका थिए ।