हिमदुत ६ माघ,वालिङ ।
नेपाली काँग्रेस केन्द्रीय समितिको निर्णय अनुसार स्याङ्जामा ९७ वडामा बिरोध सभा सम्पन्न भएको छ ।
केपी ओली सरकारले गरेको असंबैधानिक कदम विरुद्ध सडक आन्दोलन गर्दै आएको नेपाली काँग्रेस माघ ८ गते जिल्लाका ९७ वडामा बिरोध सभा सम्पन्न गरेको हो । संविधान माथी ठाडै चुनौती दिएर जनताले चुनेको प्रतिनिधि सभा प्रधानमन्त्री केपी ओलीले विघटन गरेपछि काँग्रेस लगायत अन्यदलहरु आन्दोलनमा रहेका छन् ।
जिल्ला, क्षेत्र, प्रदेश, स्थानीयतह हुदै काँग्रेस प्रधानमन्त्री ओलीले गरेको असंबैधानिक कदम बिरुद्धको खबर लिएर वडातहमा पुगेको छ । देशभरका ६ हजार ७ सय ४३ वडामा एकै पटक आन्दोलनमा सरिक भएको नेपाली काँग्रेसले कम्युनिष्ट सरकारले गरेको कुकृतिका बारेमा सन्देश दिदै आएको छ ।
वालिङ नगरपालिका ९ मा
वालिङ नगरपालिका ८ मा
वालिङ नगरपालिका ५ मा
वालिङ नगरपालिका ६ का युवाहरु
वालिङ नगर उपप्रमुख संवोधन गर्दै
वालिङ नगरपालिका १३ मा
वालिङ नगरपालिका १२ मा
वालिङ नगरपालिका १ मा
गल्याङ १० मा पार्टी प्रवेश गराउदै माहाधिवेशन प्रतिनिधि गुरु भट्टराइ
वालिङ नगरपालिका ४ मा
गल्याङ नगरपालिका ३ मा
भिरकोट नगरपालिका ५ मा
वालिङ नगरपालिका १० मा
पुतलीबजार नगरपालिका १ मा
गल्याङ नगरपालिका १ मा
गल्याङ नगरपालिका ७ मा
नेपाली काँग्रेस स्याङ्जाले वडागत बिरोध सभा गर्दै मुलुकका लागि कम्युनिष्ट पाटी घातक भएको संज्ञा दिएका छन् । राणा, राजा र पञ्चायती व्यवस्था काँग्रेसले फालेको सन्देश जनतामा छर्दै हिडेको काँग्रेसले अब कम्युनिष्ट पाटी पनि फाल्ने चेतावनी काँग्रेसका नेताहरुले दिएका छन् । काँग्रेसका जिल्लातहका महासमिति सदस्य, महाधिवेसन प्रतिनिधि, क्षेत्रीय प्रतिनिधि, प्रदेश प्रतिनिधि, स्थानीयतह र वडागत प्रतिनिधिहरु सगै पाटीका भातृसंगठन, शुभेच्छुक संगठनहरु कम्युनिष्ट सरकारले गरेको असंबैधानिक कदम बिरुद्ध चर्को रुपमा आक्रमक भएर लागेका छन् ।
यसबाट कांग्रेसले लोकतन्त्रको जगेर्नाका लागि संवैधानिक बन्न आफ्नो भूमिका सबैलाई सुनाउने छ भने ‘वेटिङ गभर्मेन्ट’ का रुपमा रहेको पार्टी भएकाले चुनाव भइहाले पनि त्यसको सन्देश घरघरमा पु¥याउन सघाउ पुगेको बताइएको छ ।