काठमाडौं । नर्वेमा कोरोना खोप लगाउने २३ जनाको मृत्यु भएको छ । फाइजर–बायोएनटेकले संयुक्त रुपमा निर्माण गरेको खोप लगाउने १३ जनाको खोप लगाउने बितिकै साइड इफेक्ट देखिएपछि उपचारकै क्रममा मृत्यु भएको हो ।
अन्य १० जनाको भने खोप लगाएको केही घण्टामा नै मृत्यु भएको हो । मृत्यु हुनेमा ८० बर्ष उमेर समूहका रहेका छन् ।
घटनाबारे फाइजरले नर्वे मेडेसिन एजेन्सीसंगको समन्वयमा अनुसन्धान भइरहेको जनाएको छ । नर्वेमा ३० हजार भन्दा बढीलाई गत महिना फाइजर र मोर्डनाको पहिलो डोज दिइसकेको छ ।
खोप लगाएको केही दिनभित्रै यी मृत वृद्धवृद्धाहरुमा गम्भीर प्रतिकूल असरहरु देखा परेपछि फाइजर–बायोएनटेकको खोपमाथि अविश्वास बढ्न थालेको छ।
त्यहाँको सरकारले पनि उनीहरुको मृत्यु खोपकै कारणले भएको हो या होइन भन्ने विषयमा अनुसन्धान थालेको छ। नर्वेमा कोरोना संक्रमितको संख्या ५८ हजार ४ सय ४५ रहेका छन् भने ५ सय १७ जनाको मृत्यु भइसकेको छ ।