काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार बेलुका राष्ट्रपति विद्यादेवी भण्डारीसँग दुई घन्टा भेटी बालुवाटार फर्केका छन्।
शीतलनिवास स्रोतका अनुसार मंगलबार बेलुका ७ बजेर ५ मिनेटमा शीतलनिवास प्रवेश गरेका प्रधानमन्त्री ओली नौ बजेमात्र शीतल निवासबाट बाहिरिएका छन्।
नेकपा विवाद र अस्थीर राजनीतिक घटनाक्रमबीच नेपाल भ्रमणमा आएको चिनियाँ टोलीले राष्ट्रपति, प्रधानमन्त्रीलगायत नेकपाका नेताहरुसँग भेट गरिरहेकै बेला प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीसँग भेट्न शीतलनिवास पुगेका हुन्।