वालिङ ,२० मंसिर । लियो क्लव अफ वालिङ सिटिले ६३ औं अन्तरास्ट्रिय लियो दिवसको अवसर पारेर वालिङका एक मृगौला पिडितलाइ औपचारिक कार्यक्रमका बिच आर्थिक सहयोग गरेको छ ।
वालिङ नगरपालिका वडा नम्बर १० निवासी गोबिन्द प्रसाद खनालको आफ्नो दुबै मृगौलामा समस्या आएको थियो ।
यसैबिच लियो क्लब अफ वालिङ सिटिले औपचारिक कार्यक्रम गर्दै नगद रु १०००० हस्तान्तरण गरेको लियो क्लब अफ वालिङ सिटिका सचिव हरि रेग्मिले जानकारी दिए ।
कार्यक्रममा लायन्स क्लब अफ वालिङ सिटिकि अध्यक्ष कविता भुसाल, लायन्स क्लब अफ वालिङ सिटिको पुर्व अध्यक्ष देबेन्द्र भट्टराई , अर्जुन खनाल लगाएतले बोलेका थिए ।
लियो क्लब अफ वालिङ सिटिकि उपाध्यक्ष सुमना लामिछाने को सभापतित्वमा भएको कार्यक्रममा स्वागत मन्तव्य प्रज्वल रनपालले राखेका थिए भने कार्यक्रमको संचालन हरि रेग्मिले गरेका थिए ।