प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मसलाबाली जोन अन्तर्गत छनौटमा परेको गल्याङ नगरपालिकामा अदुवा प्रशोधन केन्द्र निर्माण गर्न प्रक्रिया सुरु गरिएको हो । गल्याङ नगरपालिका वडा नम्बर ३ वल्पुकमा अदुवा प्रशोधन केन्द्र निर्माणको काम गर्न जग्गाको छनौट गरिएको छ ।
सोमबार गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारी, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यन्वयन इकाई स्याङ्जाका प्रमुख माधव लम्साल लगायतले जग्गाको निरिक्षण गरेका हुन ।
निरिक्षणका क्रममा अदुवाको गोदाम सहित प्रशोधनको कार्य गर्नका लागि आवश्यक सम्पूर्ण पूर्वाधार निर्माण गर्ने तय भएको छ । यसका लागि आवश्यक बजेटको प्रबन्ध गरी तत्काल काम अगाडि बढाउने निर्णय भएको नगरप्रमुख भुपराज अधिकारीले बताए ।
‘किसानले उत्पादन गरेको अदुवालाई गल्याङमा नै प्रशोधन गर्ने व्यवस्था मिलाउनका लागि केन्द्र स्थापना गर्न लागिएको हो ।’ नगरप्रमुख अधिकारी
नगरप्रमुख अधिकारी नगरप्रमुख अधिकारीले गल्याङ नगरवासी अदुवा उत्पादनमा उत्साहित बन्दै गएको भन्दै उत्पादित बस्तुको बजारको ग्यारेण्टी नगरपालिकाले लिने बताए । स्याङ्जाका ११ वटा पालिका मध्ये गल्याङ नगरपालिका मात्रै मसलाबाली जोनमा छनौट भई कार्यान्वयनको चरणमा रहेको छ ।