२४कार्तिक ,स्याङ्जा । राजन भट्टराई
स्याङ्जा जिल्लाको चापाकोट नगरपालिकामा अवस्थित एक झोलुङ्गे पुलको एक कार्यक्रम बिच उद्घाटन गरिएको छ।
चापाकोट नगरपालिकाको वडा नम्बर ८ दामाचौर र वडा नम्बर ५ सेखामको हिलामराङ्गलाई जोडने ज्यागदी खोला झलुङ्गे पुलको उद्घाटन नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधी क्षेत्र न. २ का नेता गजेन्द्र प्रकाश मल्लले गरेका थिए ।
उक्त पुल नेपालकै लामो झलुङ्गे पुलहरुको सुचिमा पर्ने गरि निर्माण गरिएको छ । यसको लाम्बाई २९७ उचाई करिब १६० मि. रहेको छ। यस पुल निर्माण सम्पन्न भए सँगै दामाचौर हुँदै सेखाम रामडाँडा पैदल यात्रा गर्ने र स्थानीय वासिन्दाको आवागमनमा सहजता थपिएको स्थानीय निर्माण समिति का अध्यक्ष राजन डोटेलले जानकारी दिए।