१७ असोज, स्याङ्जा ।
आँधीखोला गाँउपालिकाका अध्यक्ष सुधीर पौडेलको टोलबाटै तीन दर्जन सत्तारुढ नेकपाका सक्रिय कार्यकर्ता बिनाशर्त नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
आँधीखोला गाँउपालिका वडा नं २ को टोल नं ५ र ६ स्थित झारखोलाका ती कार्यकर्ताले नेकपामा दिनदिनै मौलाएको भ्रष्ट्राचार, अनियमितता, मनपरितन्त्र र व्यक्तिवादी चरित्रदेखि वाक्कदिक्क भएर लोकतान्त्रिक चरित्र बोकेको पार्टी नेपाली कांग्रेसमा निस्वार्थ भई प्रवेश गरेको बताएका छन् ।
आफै अध्यक्ष भएका बेला आफ्नै गाँउका नेकपामा प्रतिबद्ध कार्यकर्ताहरु एकाएक नेपाली कांग्रेसमा प्रवेश गरेको खबरले अध्यक्ष पौडेलमा छटपटी बढेको बताइएको छ । नेकपा परित्याग गरि कांग्रेसमा प्रवेश गर्नेहरुमा यातायात व्यवसायी धनप्रसाद जिटी ९धनु०को नेतृत्वमा डीलबहादुर बिक लगायतका ४८ जना रहेका छन् ।
आज सोही स्थानमा एक भव्य कार्यक्रमको आयोजना गरि संविधानसभा सदस्य राजु थापा, स्याङ्जा स्थित कांग्रेस नेता तुलसी रेग्मी तथा प्रदीपकुमार पौडेल लगायतले उनीहरुलाई कांग्रेसको सदस्यता दिएर स्वागत गरेका थिए ।j
सो पार्टी प्रवेश कार्यक्रममा स्थानीय कांग्रेस नेताहरु भरत लम्साल , प्रेम पौडेल , लेखमाया पौडेल, नेका आँधीखोला गाँउपालिकाका सभापति नारायण शास्त्री ,लोकतान्त्रिक बुद्धिजीवी संघका केन्द्रीय सदस्य बद्री पौडेल, नेबिसंघका जिल्ला अध्यक्ष अजित छेत्री, थानेश्वर पौडेल श्रीराम उपाध्याय, दीपृ क्षेत्री, फणिन्द्र गुरुङ लगायतको उपस्थिति थियो ।
कांग्रेस प्रवेश गर्ने मध्यका बिक गत स्थानीय निर्वाचनमा नेकपाबाट वार्ड नं २ को सदस्यमा उम्मेदवार समेत रहेका थिए । स्मरण रहोस्, यो क्षेत्र गाउपालिकाका अध्यक्ष सुधीर पौडेलको आफ्नै गाउँ हो ।
अध्यक्ष पौडेललाई भेटन र देख्न समेत गाँउपालिका धाउनु पर्ने र त्यहाँ भेटने पनि पालो पाउन नै अग्रिम समय लिएर घन्टौ कुर्नु पर्ने गुनासो यहाँका सर्वसाधारण जनताको रहेको थियो । स्थानीय भन्छन् , उनलाई भेट्न त यतिगाह्रो थियो भने विकासनिर्माणको कुरा त धेरै टाढाको कुरा हो ।