केपी खनाल गल्याङ-१५ असोज । ३० औं अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवश २०७७ का अवसरमा गल्याङ नगरपालिकाले जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ ।
नगरपालिकाले वडा नम्बर ३ को कार्यालयमा ८५ वर्ष उमेर नाघेका १७ जना जेष्ठ नागरिकहरुलाई सम्मान गरेको हो ।
सम्मान कार्यक्रममा गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले जेष्ठ नागरिकहरु समाजको मार्गदर्शक भएको वताउदै जेष्ठ नागरिकहरुको अनुभव हाम्रा लागि मार्गनिर्देशान हुने वताएका छन । नगर प्ररमुुु अधिकारीले एक दिन मात्रै नभएर जेष्ठ नागरिकहरुलाई सधैं सम्मान गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।
नगरप्रमुख अधिकारीले भने –‘उहाँहरुले जे जति संघर्ष गरेर समाजको लागि योगदान गर्नुभयो । त्यसबाट सिकेर हामीले समाजलाई अगाडि बढाउन सक्छौं ।’
जेष्ठ नागरिकहरुलाई आश्रममा लगेर उम्कने प्रबृत्ति भएको भन्दै अधिकारीले सबै व्यक्ति जेष्ठ नागरिक हुने कुरालाई सधैं स्मरण गर्नुपर्ने बताए।
जेेेेष्ठ नागरिक दिवशका अवसरमा केही जेष्ठ नागरिकलाई सम्मान गरिएको भन्दै नगरप्रमुख अधिकारीले सबै वडाहरुमा यस्तै खालको सम्मान गरिने जानकारी दिए ।
प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद पाण्डेले ३० औं अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवश २०७७ अवसरमा जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको स्पष्ट पार्दै जेष्ठ नागरिकलाई सदैैव समाजलाई राम्रो बनाउनका लागि सधैं सम्मान गर्नुपर्ने बताए।
कार्यक्रममा वडा नम्बर तीनका अध्यक्ष महेश भट्टराईले जेष्ठ नागरिकहरुलाई सम्मान गर्ने संस्कारको विकास गर्नुपर्नेमा जोड दिए ।
उनले आफुले अरुको सम्मान गर्न सकेमा त्यही संस्कार आफुमा लागू हुने भन्दै जेष्ठ नागरिकहरुलाई एक दिन मात्रै नभई सधैं सम्मान गर्नुपर्ने बताए ।