वालिङ, १८ असार ।
वालिङ नगरपालिकाको कृषि विकास शाखाद्वारा १३ हजार सुन्तला तथा कागतीको विरुवा वितरण गरिएको छ । वालिङ नगरपालिकाको कृषि विकास शाखाले सूचना प्रकाशन गरी आवेदन संकलन गरेको र प्राप्त आवेदनहरुको अनुगमन गरी १४ वटै वडाका कृषकहरुलाई बिरुवा वितरण गरिएको हो ।
वालिङ नगरपालिकाले सुन्तला कलमी, बिजु, सुन कागती १ बिजु जातका १३ हजार ६४ वटा बिरुवा ५० प्रतिशत अनुदानमा बुधबार वितरण गरिएको नगर प्रमुख दिलिप प्रताप खाँणले वताए ।
“नगरपालिकाले कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यले कृषकहरुको माग बमोजिम कागती र सुन्तलाका बिरुवा वितरण गरेका छौ” नगर प्रमुख खाँणले भने, “माग भए बमोजिम ५० प्रतिशत अनुदानमा कागती र सुन्तलाका बिरुवा उपलब्ध गराएका हौं ।”
बाँझो रहेको जमिनमा फलफूलका विरुवा लगाएर आर्थिक लाभ लिनका लागि सघाउ पु¥याउने उद्देश्यले बिरुवा वितरण गरिएको कृषि विकास शाखा प्रमुख केशबहादुर थापाले बताए ।