राहुल गुप्ता,
विरगंज, १७ असार ।
जनता समाजवादी पार्टी नेपाल जिल्ला कार्य समिति पर्साको आयोजनामा नेपाल संरकारले जारी गर्ने भनिएको नागरिकता विधेयकको बिरोधमा बिरगंजमा प्रर्दशन गरेको थियो।
नेपाली पुरुषले भारतीय महिला संग बिवाह गरे अब ७ बर्ष पछि मात्र नागरिक पाउने प्राबधान मधेस बिरुद्ध रहेको र सदिऔ देखि नेपाल भारतको रोटी बेटीको सम्बन्ध रहेकाले यस सम्बन्धलाई बिगार्न खोजेको आरोप समेत लगाएका थिए।
केन्द्रिय निदेर्शन अनुसार मंगलबार जसपाले स्वमिड्गपुल आदर्शनगरबाट निकालेएको जुलुस बिरगंज परिक्रमा गरि घन्टाघरमा पुगि कोणसभामा परिणत भएको थियो।
कार्यक्रममा प्रदेश सभा सदस्य करिना बेगम , बीरगंज महानगरको नगर प्रमुख विजय सरावगी , केन्द्रीय सचिव सुरेन्द्र तिवारी लगायतको उपस्थिति रहेको थियोे । जिल्ला अध्यक्ष राजेश मान सिंहको अध्यक्षतामा सपन्न कार्यक्रम को सहजीकरण जिल्ला सचिव उमेशलाल सहनीले गरेका थिए ।