चुत्र महत
भीरकोट, २३ वैशाख ।
कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले लक डाउन गरेको वेला भीरकोट नगरपालिकाले भने बालमैत्री स्थानीय शासन घोषणाका थप कार्ययोजनामा छलफल सुरु गरेको छ ।
लक डाउनको पूर्ण पालना गर्दै सामाजिक दुरी कायम राखि भिडियो कन्फ्रेन्स मार्फत वालमैत्री स्थानिय शासन घोषणा गर्न थप कार्ययोजनाका लागी वालमैत्री वडा सहजकर्ताहरु संग अन्तरक्रिया गरीएको हो ।
अन्तरक्रिया कार्यक्रममा वोल्दै नगर प्रमुख छाँयाराम खनालले विश्वभरी माहामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ जस्ले ठूलो सानो नभनी संक्रमण गरिरहेको अवस्थावाट बच्नको लागी नेपाललाई लक डाउन गरीएकोले यसको पूर्णरुपमा पालना गर्दै नगरपालिकाले राखेका कार्ययोजना पनि निरन्तरता दिनु आवश्यक रहेको वताएका छन् ।
भीरकोट नगरपालिकालाई चैत्र मसान्त भित्र वालमैत्री नगर घोषणा गर्ने गरी सवै सुचकहरु पुरा गरी अन्तिम चरणमा रहेको अवस्थामा कोरोना संक्रमणको खतरा आइपरेकोले सरकारले गरेको लकडाउनका कारण निर्धारित समयमा घोषणा गर्न नसकिएको भन्दै प्रमुख खनालले कोभिड १९ को जोखिम कम भएपश्चात सरकारले जनजीवन सामान्य गराउने वित्तिकै नगर लाई वालमैत्री नगर घोषणा गरिने वताए ।
लकडाउनका वेला पनि सवै वडा सहजकर्ताहरु लाई भिडियो कन्फ्रेन्स मार्फत विद्यार्थीहरु संग निरन्तर सम्पर्कमा आइराख्न र बालमैत्रीका सुचकमा रहेर कार्य गर्न गराउन समेत प्रमुख खनालले आग्रह गरेका छन् ।
भीरकोट नगरपालिकाका प्रमुख छायाराम खनालको अध्यक्षतामा सम्पन्न भिडियो कन्फ्रेन्स मार्फत वालमैत्री स्थानिय शासन घोषणा गर्न थप कार्ययोजनाका लागी वालमैत्री वडा सहजकर्ताहरु संगको अन्तरक्रिया कार्यक्रमको सहजीकरण वालमैत्री राष्ट्रिय सहजकर्ता विष्णु चौवेले र संचालन शिक्षा शाखा प्रमुख हेम प्रसाद आर्चायले गरेका थिए ।
भने अन्तरक्रिया कार्यक्रममा नगर उप प्रमुख सिमा केसी कर्माचार्य, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र प्रसाद पौडेल र वालमैत्री नगर देखी वडाका सहजकर्ताहरुको सहभागिता रहेको थियो । उक्त अन्तरक्रिया कार्यक्रममा वार्डले गर्ने विभिन्न कार्यक्रमहरु तयारी गरी क्रमश काम गर्न वडा सहजकर्ताहरु लाई आग्रह गरीएको थियो ।