वालिङ, २ चैत्र ।
ग्रामिण क्षेत्रमा रहेर हस्तकलावाट स्थानीय ड्रेस तथा अन्य कपडा उत्पादनका लागि शिप मुलक तालिमको अनुगमन तथा अन्तरक्रिया कार्यक्रमका अवसरमा सहभागीहरुले उत्पादनसँगै बजारको व्यवस्थापनमा जोड दिन जोड दिएका छन् । बजारको अभावमा उत्पादन बढ्न नसकेको भन्दै उनीहरुले सीपमुलक तालिममा सिकेको शिपलाई व्यावसायीकरुपमा सन्चालन गरेर बजारको व्यवस्थापनमा जोड दिन आग्रह गरेका छन् ।
वालिङ नगरपालिका वडा नम्वर ३ मा युएनडिपी नेपाल, वालिङ नगरपालिका, गरिवसँग बिश्वेश्वर कार्यक्रम र दियालो संस्थाको साझेदारीमा माझकोटमा भईरहेको कल्चरल तथा स्थानिय ड्रेस उत्पादन तालिमको अनुगमन पश्चात भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै ईलाका प्रशासन कार्यालय वालिङका प्रमुख दामोदर शर्माले गाँउमा बाहिरबाट उपभोग्य बस्तु ल्याउने काम निस्तेज गर्दै लैजानु पर्ने बताएका थिए ।
उनका अनुसार अहिले गाँउ गाँउमा उत्पादन गर्न छाडेर बजारको बस्तु खरिद गर्ने क्रम बढेको छ, जुन भबिश्यमा निक्कै घातक बन्न सक्छ । नागरिकलाई स्थानीय श्रोत साधनको अत्यधिक प्रयोग गर्न तर्फ उत्पे्ररित गर्नु पर्नेमा उनको जोड थियो । बजारको व्यवस्थापन गर्न स्थानीय तहले बिशेष ध्यान दिनुपर्ने शर्माको भनाई छ ।
कार्यक्रममा वालिङ नगरपालिका वडा नम्वर १ का अध्यक्ष एवं नगर प्रवक्ता केदार काफ्लेले नगरवासीलाई सीप प्रदान गरी स्वावलम्वन र उद्यमी बनाउने अभियानमा लागेको बताएका थिए । उनले गाँउ गाँउमा उत्पादन भएका बस्तुहरुलाई बजारीकरणको जिम्मा नगरपालिकाले लिने गरी तयारी भईरहेको जानकारी दिएका थिए । सरकारले मुलुकलाई समृद्ध बनाउने अभियान चलाएको भन्दै प्रवक्ता काफ्लेले वालिङमा हरेक गाँउमा छुट्टा छुट्टै उत्पादन वढाई दक्ष नागरिक बनाउने योजनामा यस्ता शीपमुलक तालिम प्रभावकारी वन्ने धारणा समेत व्यक्त गरेका थिए ।
कार्यक्रममा भीरकोट नगरपालिकाका वडा नम्वर ५ का अध्यक्ष लक्ष्मण अधिकारी, वालिङ नगरपालिकाका सामाजिक बिकास अधिकृत पदम प्रसाद पाण्डे, वडा प्रहरी कार्यालय वालिङका प्रमुख निरन्जन घिमिरे, पत्रकार महासंघ स्याङ्जाका सचिव शुसिल सुवेदी, प्रेस युनियन स्याङ्जाका अध्यक्ष प्रदिप कोईराला, व्यवशायी चन्द्रा गुरुङ लगायतले उत्पादनसँगै बजारीकरणमा जोड दिन सुझाव दिएका थिए ।
कार्यक्रम वडा नम्वर ३ का अध्यक्ष सुकराज गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन दियालो युएनडिपीका कार्यक्रम प्रमुख राधाकृष्ण डुम्रेले गरेका थिए ।
संयुक्त अनुगमन टोलिले युएनडिपी नेपाल र वालिङ नगरपालिकाको आर्थिक सहयोगमा दियालो संस्थाद्धारा वालिङमा सञ्चालित “सीप तालिम कृषि तथा उद्यम बिकासद्धारा आर्थिक सशक्तिकरण परियोजना अन्तरगतका बिभिन्न कार्यक्रमको अनुगमन तथा निरिक्षण गरेको थियो ।