भवानी अधिकारी / स्याङ्जा
नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै स्याङजाको पर्यटकीय क्षेत्र मिर्मिमा मिनी पानीजहाज सञ्चालनमा ल्याइएको छ । कालीगण्डकी जलयातायात कम्पनी प्रा.लि.ले शनिबारदेखि माउण्ट मकालु नामक नेपालमै बनेको पानीजहाज सञ्चालनमा ल्याएको हो।
पर्यटकलाई लक्षित गर्दै सञ्चालनमा ल्याइएको जहाज १७ जना यात्रु क्षमताको छ । डुंगा जस्तो आकारमा निर्मित जहाजमा एक जना चालक रहनेछन् । जहाज २५ लाखको लागतमा बनेको हो । यो १२ मिनेटमा ७ किलोमिटरको जलयात्रा गर्न सक्छ।कालीगण्डकी ‘ए’ जलवद्यिुत उत्पादन गृह, जल यातायात सञ्चालनपछि यहाँ आन्तरिक एवं वाह्य पर्यटकहरु आउने क्रममा वृद्धि भएको छ। गण्डकी, लुम्बिनी र धौलागिरी अञ्चलका ३ जिल्लालाई जोडेको कालीगण्डकी नदीमा जलयातायात (स्टिमर) सञ्चालन भएपछि एशियाकै ठूलो शालिग्राम शिला अवलोकनका लागि सहज बनेको छ । जसका कारण धार्मिक यात्रुहरुको संख्या बढ्दो छ।
स्याङ्जाको मिर्मीमा निर्माण भएको कालीगण्डकी ‘ए’ अहिलेसम्मकै ठूलो जलविद्युत केन्द्र हो । वि।स। २०५४ सालबाट निर्माण सुरु भएको कालीगण्डकी २०५८ मा पूरा भएको थियो। जलविद्युत केन्द्रको विद्युतगृहमा ४८ मेगावाटका ३ वटा उत्पादन युनिट छन् । यहाँबाट १४४ मेगावाट विद्युत उत्पादन हुन्छ । उत्पादित विद्युत लेखनाथ र बुटवल सबस्टेसनमा
वरपर हरिया डाँडाले घेरिएको काली र आँधी खोलाको पानी थुनेर बनाइएको कृत्रिम ताल निकै आर्कषिक देखिन्छ । सोही पानीमाथि तैरिएका स्टिमरमा पर्यटकहरु रमाउने गर्छन । पाल्पाको तानसेन नगरपालिकामा रहेको रानी महलसँग पनि सडक सञ्जाल जोडिएको छ । करिब १२्१३ किलोमिटरको यात्रापछि यस ठाउँमा सहजै आउन सकिने कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले जानकारी दिए।
कालीगण्डकी ‘ए’ जलविद्युत् केन्द्र निर्माणका क्रममा बनेको कृत्रिम जलाशयमा यसअघि पनि जल यातायात ९स्टिमर० सेवा सञ्चालन हुँदै आएका थिए । अहिले झण्डै एक दर्जन स्टिमर सञ्चालनमा छन । शीला शालीग्राम कालीगण्डकी जलयातायात प्रा।लि ले स्टिमर सञ्चालनमा ल्याएको हो । वि।सं। २०६० देखि स्टिमर सेवा सञ्चालनमा आएको थियो । ठूलो स्टिमर करिब ८५ जना र सानो स्टिमर ६० जना यात्रु बोक्न सक्ने क्षमताका छन्।
कालीगण्डकी ‘ए’ जलवद्यिुत उत्पादन गृह, जल यातायात सञ्चालनपछि यहाँ आन्तरिक एवं वाह्य पर्यटकहरु आउने क्रममा वृद्धि भएको छ। गण्डकी, लुम्बिनी र धौलागिरी अञ्चलका ३ जिल्लालाई जोडेको कालीगण्डकी नदीमा जलयातायात (स्टिमर) सञ्चालन भएपछि एशियाकै ठूलो शालिग्राम शिला अवलोकनका लागि सहज बनेको छ । जसका कारण धार्मिक यात्रुहरुको संख्या बढ्दो छ।
स्याङ्जा, पर्वत र गुल्मीको सिमानामा पर्ने करिब ७ किलोमीटर लम्बाईको जलयातायात सेवाले दैनिक सेवा दिँदै आएको छ। गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले शनिवार विशेष कार्यक्रम सहित पानी जहाजको उदघाटन गरे । प्रदेशमै नमूना कामको थालनी भएको भन्दै यस्ता रचनात्मक कार्यलाई आफू लगायत आफनो मन्त्रालयको पूर्ण सहयोग रहने उनले प्रतिवद्धता जनाए । लुम्बिनीदेखि पोखरासम्म आउने भारतीय पर्यटकलाई लक्षित गर्दै यहाँका पर्यटकीय एवं धार्मिक गन्तव्यसँगै परिचित गराउन सकेमा प्रदेश, जिल्ला र सम्बन्धित पालिकामा सकारात्मक प्रभाव पर्ने उनने बताए।
गण्डकी प्रदेश सरकारले ११० नयाँ पर्यटकीय गन्तव्य बनाएको जनाउँदै पर्यटकीयस्थलको संवद्र्धन एवं प्रवद्र्धनमा ३ सय घरबास योजना सञ्चालनमा ल्याएको मन्त्री लम्सालले जानकारी दिए।
कालीगण्डकी ‘ए’ जलविद्युत् केन्द्र निर्माणका क्रममा बनेको कृत्रिम जलाशयमा यसअघि पनि जल यातायात (स्टिमर) सेवा सञ्चालन हुँदै आएका थिए । अहिले झण्डै एक दर्जन स्टिमर सञ्चालनमा छन । शीला शालीग्राम कालीगण्डकी जलयातायात प्रा.लि ले स्टिमर सञ्चालनमा ल्याएको हो । वि.सं. २०६० देखि स्टिमर सेवा सञ्चालनमा आएको थियो । ठूलो स्टिमर करिब ८५ जना र सानो स्टिमर ६० जना यात्रु बोक्न सक्ने क्षमताका छन्।
स्याङ्जाको मिर्मीमा निर्माण भएको कालीगण्डकी ‘ए’ अहिलेसम्मकै ठूलो जलविद्युत केन्द्र हो । वि.स. २०५४ सालबाट निर्माण सुरु भएको कालीगण्डकी २०५८ मा पूरा भएको थियो। जलविद्युत केन्द्रको विद्युतगृहमा ४८ मेगावाटका ३ वटा उत्पादन युनिट छन् । यहाँबाट १४४ मेगावाट विद्युत उत्पादन हुन्छ । उत्पादित विद्युत लेखनाथ र बुटवल सबस्टेसनमा आन्तरिक तथा वाह्य पर्यटकलाई लक्षित गर्दै सञ्चालनमा ल्याइएको पानी जहाजलाई आवश्यकता अनुसार थप गर्न सकिने यातायात सञ्चालन प्रालिका सचिव चन्द्रबहादुर रानाले जानकारी दिए।