गल्याङ, १४ मंसिर ।
गल्याङ नगरपालिका वाड नं ३ स्थित भानुभक्त आर्चाय माध्यमिक विद्यालयमा नगर स्तरिय हाजिरिजवाफ प्रतिायोगिता सम्पन्न भएको छ । विद्यालयको आयोजनामा नगर स्तरिय हाजिरिजवाफ प्रतिायोगिता सम्पन्न भएको हो । कुल १३ वटा विद्यालयको सहभागिता रहेको थियो । हाजिरिजवाफ प्रतियोगिता चिराग आवासीय माध्यमिक विद्यालय गल्याङ प्रथम भएको छ ।
यस्तै आर्दश आवासीय माध्यमिक विद्यालय द्धितिय र गल्कोट माध्यमिक विद्यालय जिमुहा तृतिय हुन सफल भएका छन् । विजेता सम्पुर्ण विद्यालयलाई शिल्ड र प्रमाणपत्र प्रदान गरिएको छ । कार्यक्रममा नगर शिक्षा समितीका प्रमुख केदारनाथ आर्चायले विद्यार्थीहरुको समग्र विकासको लागि रचनात्मक प्रतियोगिता महत्वपुर्ण रहेकोे बताएका थिए ।
उनले शिक्षा क्षेत्रमा देखिएका समस्याहरु समाधान गर्न नगरपालिका लागि रहेको बताउदै नगरमा सन्चालित विद्यालयहरुले गुणात्मक शिक्षाका लागि सहयोग गर्न आग्रह गरेका थिए । यस्तै कार्यक्रममा गल्याङ वडा नम्बर ३ का वडाअध्यक्ष महेश भट्टराईले विद्यार्थीहरु पाठ्यक्रममा मात्रै केन्द्रित नभई यस्ता अतिरिक्त क्रियाकलापमा पनि अगी बढ्नुपर्ने बताएका थिए । कार्यक्रममा नगर शिक्षा समितीका सदस्य राजेन्द्रदेव खनालले यस्ता प्रतियोगिताले विद्यार्थीको पनि क्षमता पहिचान हुनेभएकाले आवश्यक हुने बताएका थिए । कार्यक्रम विद्यालयका व्यवस्थापन समितीका अध्यक्ष अर्जुन प्रसाद श्रेष्ठको सभापतित्वमा समपन्न भएको थियो ।