स्याङ्जा २३, असोज ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता धनराज गुरुङले नेपालीहरुको महान पर्ब बडा दशै बहिस्कारको अभियान चलाउनेहरु प्रति कडा टिप्पणी गरेका छन् ।
उनले दशैं जस्तो मान्यजनबाट टीका लगाएर आशिर्बाद लिने पर्व मनाउन छाड्न नहुने उनको तर्क छ । गुरुङले आफ्नो ट्युटरमा ट्वीट गर्दै, “बरु गोली खान तयार छु तर दशैं मनाउन छाड्दिन । ” कुने बेला एक नेताले दशै नमनाउन भन्दै हिडेको तर पछि उनैले तत्कालिन राजा ज्ञानेन्द्रसँग टीका थापेको स्मरण गर्दै दशैं जस्तो पर्व बहिस्कारको अभियान चलाउनु गलत भएको स्पष्ट पारेका छन् ।
गुरुङले, “दशैं बहिस्कार कार्यक्रम पनि गरेछन् । दशैंपर्वमा मान्यजनबाट टीका लगाएर आशिर्वाद थाप्ने । यती राम्रो संस्कार कहाँ पाईन्छ रु दशैं बहिस्कारवादीहरुको गोली खान तयार छु तर दशैं मनाउन छाड्दिन । एकजना नेताले सेतामुगरालीले दशैं मनाउन हुँदैन भन्दै हिंडे तर ज्ञानेन्द्रबाट आफैले टीका लगाएका थिए ।”