कला राना / वालिङ २ असोज ।
वालिङ नगरपालिकाले संविधान दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण गरेको छ । रोटरी क्लब वालिङको संयोजनमा ग्रहौं घ्याङलिङ प्राथमिक स्वास्थ्य केन्द्र र वालिङ हस्पिटलमा रहेका विरामीहरुलाई फलफूल वितरण गरिएको हो ।
वितरण कार्यक्रममा नगरप्रमुख दिलिपप्रताप खांणले संविधान दिवस ऐतिहासिक दिन भएको भन्दै संविधानलाई सही ढंगले सञ्चालन गर्न नसक्दा देशमा विविध समस्याहरु देखा परेको बताएका थिए ।
खोलामा र पानीको उदाहरण दिँदै प्रमुख खांणले संविधान संधै सही हुने बताउँदै संविधानलाई डोहो¥याउने राजनितिकि दलकै कारण संविधान बनेको यतिका वर्ष हुँदा पनि जनताले अनुभुत गर्न नसकेको उनको भनाइ थियो ।
कार्यक्रममा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत गुरुदत्त सुवेदीले संविधान दिवसलाई ३ दिनसम्म मनाउने क्रममा पहिलो दिन विरामीहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै फलफूल वितरण गरिएको जानकारी दिए । कार्यक्रम रोटरीको अध्यक्ष राजेन्द्र डुम्रेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सञ्चालन सचिव मधुसुदन आचार्यले गरेका थिए।
त्यस्तै आजै नगरस्थित सबै विद्यालयहरुमा संविधानसम्बन्धी कविता, वक्तृत्वकला, हाजिरीजवाफ प्रतियोगिता गरिएको छ भने वडा नं। ९ का अध्यक्ष बसन्तकुमार श्रेष्ठ, वालिङ टेलिभिजन र प्याब्सनको संयोजनमा क्याप, टिशर्ट तथा झण्डा निर्माण गरी वितरण गर्ने गरिँदैछ ।
त्यस्तै भोली वालिङ उद्योग वाणिज्य संघ तथा राष्ट्रिय दलित समाजको संयोजनमा नगरपालिका कार्यालयबाट विभिन्न समुदायका झाँकी, बाजागाजासहित प्रभातफेरी तथा अन्तरक्रिया, साँझ ५ बजे वालिङ जेसीजको संयोजनमा वालिङ मोडमा दीप प्रज्वलन गर्ने र पदम गुरुङको संयोजनमा वालिङ मोडमा देशभक्तिपूर्ण कन्सर्ट गर्ने कार्यक्रम तय भएका छन् ।
त्यस्तै असोज ४ गते सरसफाई समितिको संयोजक यु्गमाया पंगेनीको संयोजनमा सरसफाई अभियान सञ्चालन गरिने भएको छ । संविधान दिवसका अवसरमा आजदेखि ४ गतेसम्म बस्तु तथा सेवाको बिक्रीमा छुट दिने, घर घरमा नेपालको राष्ट्रिय झण्डा राख्ने तथा दीपावली गर्ने, रेडियो तथा टेलिभिजनमा संविधानसम्बन्धी परिसंवाद गरिँदैछ ।
संविधान दिवसको अवसरमा भीरकोटमा हाँजिरिजवाफ प्रतियोगिता गरिएको छ । भाग्योदय माविले संविधान दिवसका अवसरमा हाँजिरिजवाफ प्रतियोगिता गरेको हो । कार्यक्रममा बोल्दै भीरकोट नगरप्रमुख छायाराम खनालले यस्ता अतिरिक्त क्रियाकलापले बालबालिकाहरुको आन्तरिक प्रतिभा प्रष्फूटन गर्न सहयोग गर्ने बताए ।
साथै प्रमुख खांणले सैद्धान्तिक ज्ञानमात्रै नभई विद्यार्थीहरुलाई समय समयमा यस्ता अतिरिक्त क्रियाकलापमा क्रियाशिल बनाउनुपर्ने बताए । प्रतियोगितामा बालोदय अंगे्रजी आवसीय मावि भीरकोट ६ सुन्दरबजार प्रथम, भुपूसैनिक कम्युनिटि एकेडेमी द्धितिय र कन्साईन अंगे्रजी आवसीय मावि हेलू तृतिय भएका छन् ।