स्याङ्जा २६ भदौ।
नेपाली काँग्रेसको दोस्रो चरणको गाउँ जागरण अभियान आज चापाकोट नगरपालिका वार्ड नं ३,४,५ मा संयुक्त रुपमा काम्ती बगैचामा सम्पन्न भएको छ ।
केन्द्रीय प्रतिनिधि पुर्ब संविधान सभा सदस्य शारदा पौडेलले दोश्रो चरणको जागरण कार्यक्रमवाट नेपाली काँग्रेस एक ढिक्का भएर संगठन विस्तार गाँउ गाँउ सम्म जानु पर्ने कुरामा जोड दिइन् ।
कार्यक्रममा प्रदेश साँसद भागबत प्रकाश मल्लले नेपाली काँग्रेसले अब सरकारको गलत क्रियाकलापको विरुद्धमा सडक संघर्षमा जानुपर्ने वेला आएको अवस्थामा जागरण कार्यक्रमले थप उत्साह दिएको वताए ।
क्षेत्र न २ को ख का सभापती हरीवावु पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा क्षेत्रीय सभापती ईश्वर खाण ,महाधिवेशन प्रतिनीधी माया राना , नेविसंघ पुर्व केन्द्रीय सदस्य तथा नेपाली कांग्रेसका युवा नेता युवराज पाण्डेय ,नेविसंघ जिल्ला अध्यक्ष अजीत क्षेत्री ,क्षेत्रीय सचीव महेश भटराई ,लगायतले नेपाली काग्रेसलाई अव कसरी मजवुद वनाएर अगाडी वढाउन सकीन्छ भन्ने विषयमा आफ्ना भनाई राखेका थिए । जील्ला सदस्य विक्रम शारुको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।