मिना कंडेल
नवलपुर २२ भदौ ।
“सक्षम निजामती प्रशासन.ं विकास, समृद्धि र शुसासन” भन्ने मुल नाराका साथ आइतवार नवलपुरमा पनि निजामती दिवश मनाइएको छ । नवलपुरमा निजामती कर्मचारीहरुले कावासोती ७ मा रहेको टरुवा तालको वरिपरी विभिन्न जातका फलफूलका विरुवा वृक्षारोपण गरि मनाइएको हो ।
ऐतिहासिक एवम् पर्यटकीय सिमसार स्थल टरुवा तालको संरक्षण र सम्बद्र्धनमा टेवा पुर्याउने उद्देश्यले निजामती दिवस को अवसरमा वृक्षारोपण गरिएको हो । कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सांसद तिलक महतले नवलपुर जिल्ला पर्यटकीय क्षेत्रको रुपमा रहेको हुँदा यस जिल्लामा रहेका पर्यटकीय स्थलको संरक्षणमा जुट्नु पर्नेमा जोड दिएका छन् । नवलपुर जिल्ला धार्मिक, साँस्कृतिक, प्राकृतिक र सामाजिक हिसाबले निकै महत्वपूर्ण जिल्ला रहेकाले यसको संरक्षण र सम्वद्र्धनमा जोड दिन सबै पक्षलाई आग्रह गरेका छन् ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले धेरै विशेषताले भरिपूर्ण रहेको नवलपुर जिल्ला विकास र प्रबद्र्धनमा आफु सक्दो लागि पर्नै वताए । पर्यटकीयस्थलको पहिचान, पूर्वाधार निर्माण, प्रचारप्रसार गर्न सके पर्यटक बृद्धि हुने समेत उनले वताए । यसैगरि कार्यक्रममा बोल्ने वतmाहरुले स्थानीय सरकारको पहलवाट धार्मिक तथा पर्यटकीय महत्व बोकेको क्षेत्रको संरक्षण प्रवद्र्धन र प्रचार प्रसार गर्न सके सिंगो नवलपुर विकासमा टेवा पुग्ने विश्वास गरेका थिए ।
कार्यक्रममा प्रदेश सांसद विष्णु लामिछाने, रोशन बहादुर गाहा, जिल्ला प्रहरी प्रमुख मोहन प्रसाद पोख्रेल , कावासोती नगर प्रमुख चन्द्रा कुमारी पुन, नेपाल पत्रकार महासघं पूर्वी नवलपरासीका अध्यक्ष होमराज रानाभाट, लगाएतकाले मन्तव्य राखेका थिए । कार्यक्रममा समाजसेवी, वुद्धिजिवि, स्थानीय एवं विभिन्न राष्ट्रसेवक कर्मचारीको उपस्थिति रहेको थियो ।
यस अघि शनिवार निजामती कर्मचारीहरुले टरुवा तालको सरसफाई गरेका थिए । नेपाल निजामती सेवा दिवस २०७६ को अवसर पारेर तालको सरसफाई गरिएको हो । करिब साढे सात बिगाहामा क्षेत्रफलमा फैलिएको ताल कर्मचारी मिलन केन्द्र नवलपुरमा आबद्ध कर्मचारीहरुले सफा गरेका हुन् । ऐतिहासिक एवं पर्यटकीय सिमसार स्थल टरुवा तालको सरसफाई नहाँदा जलकुम्भि लगायतका अनावश्यक झारले भरिएर तालको मौलिकता नै लोप हुने अवस्थामा पुगेको थियो ।