काठमाडौँ, ८ भदौ । यात्रुवाहक बसले ठक्कर दिँदा तनहुँमा एक महिलाको ज्यान गएको छ । व्यास नगरपालिका १४ छाब्दीकी ४० वर्षीया गोमा पन्थको मृत्यु भएको प्रहरीजनाएको छ ।
सदरमुकाम दमौलीबाट छाब्दी मन्दिर जाँदै गरेको ग १ ख २७०३ नम्बरको बस ठक्कर दिदाँ उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जनाए ।
बस र चालक दुवैलाई प्रहरीले पक्राउ गरेको छ । उकालोमा ब्रेब फेल भएर पछाडि आउँदा उनको मृत्यु भएको प्रहरीका भनाइृ छ ।
यस्तै, महोत्तरीको बर्दिबास नगरपालिका ४ माइस्थानमा आइतबार दिउँसो ट्याक्टर पल्टिँदा गम्भीर घाइते भएका सहचालकको मृत्यु भएको छ । खेत जोत्ने क्रममा ज ५त ६९५३ नम्बरको ट्याक्टर पल्टिँदा च्यापिएर सहचालक रहेका स्थानीय २२ वर्षीय बुद्ध थिङ गम्भीर घाइते भएका थिए । उपचारको क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।