हिमदुत सम्वाददाता
स्याङ्जा १२, साउन ।
भिरकोट नगरपालिका वाड नं ५ का वडा अध्यक्ष यामप्रसाद अधिकारीले आफ्नो वडा भित्र एक घर एक विरुवा अनुदान वितरण गरेका छन् । वडाका ७६८ घरधुरीमा प्रत्येकलाई निःशुल्क रुपमा कागतीका बिरुवा वितरण गरिएको छ ।
व्यवसायिक खेति गर्ने किसानका लागी समेत एक हजार कागती र पाँच सय सुन्तलाका बिरुवा ५० प्रतिशत अनुदानमा वितरण गरिएको हो । एक घर एक विरुवा वितरणका लागी वडामा रहेका टोल विकास समितिका अध्यक्षहरुलाई जिम्मा दिईएको छ । टोल विकास समितिका अध्यक्षले प्रत्येक घरघरमा विरुवा पु¥याउन सहयोग गर्नेछन् । कार्यक्रममा वडा अध्यक्ष अधिकारीले भीरकोट ५ फलफुलका हिसाबले अत्यन्त संभावना रहेकोले वडाको माथिल्लो भागमा एभोकाडो, विच भागमा सुन्तला र तल्लो मागमा कुरिलो, तरकारी लगाउने योजना रहेको बताए ।
वडा अध्यक्ष अधिकारीले भने , “वडालाई कृषिकै माध्यमबाट नमुना वडाको रुपमा विकास गर्नेछौँ । हावापानी र माटो परिक्षण गरी उपयुक्त स्थानमा फलफुल तथा तरकारीखेति तर्फ स्थानीयलाई प्रेरित गर्नेछौँ ।”
कार्यक्रममा वडा सदस्य कृष्ण बहादुर थापा, पेक माया सार्की, नवीन थापा टोल समिति संयोजक जगनाथ अर्याल लगायतले बोलेका थिए । । साथै कार्यक्रममा डस्टविन समेत वितरण गरिएको छ । वडा अध्यक्ष अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मिना खांण र सञ्चालन याम प्रसाद अधिकारी कृष्णले गरेका थिए ।