काठमाडौं : पशुपति शर्माको लय शब्दमा सीता श्रेष्ठको ‘बैमानीले ढाँट्यो…’ बोलको तीज गीत सार्वजनिक भएको छ ।
गीतमा पशुपति शर्मा र सीता श्रेष्ठको आवाज रहेको छ । गीतको लय, शब्द पशुपति शर्माको रहेको गीतको संगीत संयोजन कृष्ण वि.क. (भान्जा)को रहेको छ । गीतको निर्देशन छायाँकन दुर्गा पौडेलले गरको गीतको कोरियोग्राफर गिरमान सोहन कुमालले गरेका छन् । गीतको सम्पादन नविन धर्ति मगरको रहेको छ । रञ्जिता गुरुङ, पशुपति शर्मा, राजु ढकाल, श्रीकृष्ण बम मल्ल, बैकुण्ड महत र नरेश खातीले अभिनय गरेको भिडियो निकै उत्कृष्ट बनेको छ ।
गीतको भिडियो पशुपति शर्माको अफिसिय युटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।