काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आजको राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्ने भएका छन्।
समसामयिक विषयमा प्रधानमन्त्री ओलीले आइतबार दिउँसो १ बजेपछि सम्बोधन गर्ने कार्यक्रम रहेका उनका प्रेस सल्लाहकार सूर्य थापाले दिएको जानकारी दिए ।
पछिल्लो समय प्रधानमन्त्री ओलीले लिम्पियाधुरा समेटिएको नेपालको नक्सा जारी गर्दा राष्ट्रिय सभामा बोलेका थिए।