काठमाडौं । आज दिउँसो १ बजे राष्ट्रिय सभा बैठक बस्दैछ । अघिल्लो साता सुरु भएको हिउँदे अधिवेशनको दोस्रो बैठक बस्न लागेको हो ।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट मधेसी आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने र राष्ट्रिय सभा अन्र्तगत रहेका विषयगत समितिका सदस्यहरुको हेरफेर गर्ने कार्यसूची रहेको छ
प्रतिनिधि सभा विघटन भएका बेला राष्ट्रियसभामा पर्याप्त कामकारवाही नरहेको भन्दै राजनीतिक दलहरुको सहमतिमा राष्ट्रिय सभाको हिउँदे अधिवशेन छोट्याउने तयारीमा सरकार लागेको छ ।