त्यस्तै स्याङ्जाको नेपाल कम्युनिष्ट पार्टि गल्याङ नगर कमिटीका अध्यक्ष नारायण अधिकारीले पुष २६ गते कुनै पनि कार्यक्रम नभएको बताएका छ्न ।
हिमदुत संवाददाता संग भएको टेलिफोन सम्पर्क मार्फत नेकपा नेता अधिकारीले गल्याङ नगर कमिटीको अध्यक्ष आफू रहेको र पुष २६ गते नेकपाले कुनै पनि कार्यक्रमको आयोजना नगरेको अनि नेकपा गल्याङ नगर कमिटी भित्र रहेका कार्यकर्तालाई कुनै पनि भ्रममा नपर्न र सो- कार्यक्रममा नजान समेत आग्रह गरेका थिए ।
नेकपा गल्याङ नगरकमिटिले कुनै पनि कार्यक्रम गरेको छैन यो सबै ओलि पक्षका नेताहरुले पार्टी फुटाउन गुटगत भेला गरेका हुन ।
आफुहरु केन्द्र मार्फत नै बहुमत भएको र ओलि पक्षका नेताहरुलाइ सुर्य चिन्ह हाम्रो हो भन्दै नहिड्न समेत चेतावनी दिएका थिए ।
अधिकारिले भने “संविधान विपरित गएका ओलिलाइ आफ्नो गल्ती स्वीकार गरेर पुन पार्टी आए स्वीकार गरिन्छ ” प्रधानमन्त्रीले संसद विघटन गरेको निर्णय प्रती सबै मिलेर आवाज उठाउन समेत अधिकारिले आग्रह गरेका थिए ।