काठमाडौं । नेपाल कम्युष्टि पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपाभित्रको आन्तरिक विवादलाई लिएर संसद् विघटन गर्नु गलत भएको बताएका छन् । पार्टीको भातृ संगठनले सोमबार केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजना गरेको कार्यक्रममा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग हुँदै नभएको अधिकार प्रयोग गरेर संसद् विघटन गरी संघर्षबाट प्राप्त उपलब्धिलाई खतरामा पारेको बताएका हुन् ।
नेकपाभित्रको आन्तरिक विवादलाई लिएर संसद् विघटन गर्नु गलत भएको प्रचण्डको भनाइ थियो ।
प्रचण्डले भने यो संवैधानिक प्रावधान अदालतले बुझ्दैन भन्ने हामी ठान्छौं भने त्यो अदालतको सम्मानप्रति अपमान ठहरिन्छ ठान्छु । अदालतबाट छिटोभन्दा छिटो सदन चल्ने आदेश आउनेछ भन्ने विश्वास गर्छु,ु उनले भने ।
संसद् विघटनको असंवैधानिक कदम चालेको ओलीको सरकार विघटन भएको प्रचण्डको भनाइ छ ।