स्याङ्जा –३, भदौ ।
वालिङ नगरपालिकाका प्रमुख दिलिपप्रताप खाँणले गरिवी निवारणको लागि दीगो उत्पादनमा जोड दिनुपर्ने वताएका छन् ।
वालिङ नगपालिकामा शुरु भएको “सिप, तालिम, कृषि तथा उद्यम विकासद्धारा आर्थिक शसक्तीकरण” परियोजनाका कर्मचारीहरुलाई निर्देशन दिदै नगर प्रमुख खाँणले स्थानीय स्तरमानै दीगो उत्पादन बढाउन जरुरी रहेको उल्लेख गरेका छन् । दीगो आर्थिक विकासको लक्ष्य प्राप्त गरी स्वरोजगार बनाउनु अहिलेको आवश्यक्ता भएको भन्दै प्रमुख खाँणले नगरपालिकाले स्थानीय श्रोत साधनको उच्चतम प्रयोगलाई जोड दिएको जानकारी गराएका थिए ।
नगरपालिकाको संवृद्धि र दीगो विकासका लागि दक्ष जनशक्तिको उत्पादनमा हाम्रो ध्यान केन्द्रीत रहेको नगर प्रमुख खाँणले बताए ।
विकास नै चेतना भएको स्पष्ट पार्दै नगरप्रमुख खाँणले भनेर्, घरको कमाई भन्दा खर्च धेरै हुने प्रवृत्तिको अन्त्य गर्न नगरपालिकाले हरेक नागरिकलाई उत्पादनमा जोड्ने प्रयास शुरु गरेको छ ।’
युएनडिपी नेपाल र वालिङ नगरपालिकाको आर्थिक सहयोगमा दियालो स्याङ्जाको साझेदारीमा कार्यक्रम शुरु भएको हो । सो अवसरमा परियोजना प्रमुख राधाकृष्ण डुम्रेले कार्यक्रमका विभिन्न पक्षका बारेमा कर्मचारीहरुलाई जानकारी गराएका थिए ।
यसअघि परिचयात्मक तथा अभिमुखीकरण कार्यक्रममा दियालो संस्थाका अध्यक्ष कविता गैह्रेले लक्ष्य प्राप्तीको लागि आफूहरुले योजना बनाई काम शुरु गरेको जानकारी दिइन् । परियोजनाले जडिवुटी, पशुपालन, साना तथा घरलु उद्यमको प्रवद्र्धन तथा अर्गानिक तरकारी उत्पादन गर्नको लागि प्रेरित गर्ने जानकारी गराएकी थिइन् । कार्यक्रममा परियोजनाका विभिन्न पक्षका बारेमा युएसएआईडी सुआहारा कार्यक्रमका अधिकृत झवनाथ बश्यालले जानकारी गराएका थिए । दियालो संस्थाका सीता पंगेनी, अधिकृत रेश्मीलाल न्यौपाने लगायतले बोलेका थिए ।
परियोजनाकालागि वालिङ नगरपालिकाका १४ वटै वडाका लागि पहिलो चरणमा तथ्याङ्क संकलन गर्ने काम शुरु भएको छ ।