Himdut.com
अमेरिकी राष्ट्रपतीय निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ। दुवै उम्मेदवारबीच कडा टक्कर देखिएको छ।
हालसम्म डेमोक्रेटिक उम्मेदवार जो बाइडेनले २२० इलेक्टोरल मत हात पारेका छन्। उनले १८ राज्यको चुनाव जित्दै सो मत प्राप्त गरेका हुन्।
राष्ट्रपति डोनाल्ड ट्रम्पले भने २१३ इलेक्टोरल मत प्राप्त गरेका छन्। उनले २३ राज्यमा चुनाव जितेका छन्।
जितका लागि उम्मेदवारले २७० मत प्राप्त गर्नुपर्ने हुन्छ। एजेन्सी