साधना न्यौपाने,
स्याङ्जा, १७ असार ।
देश कोरोना भाइरस ९कोभिड १९० संक्रमणका विरुद्ध संघर्ष गरिरहेका वेला स्याङ्जाका कृषक भने रासायनिक मल नपाएकोमा चिन्तित बनेका छन् । मध्य असार जिल्लाका प्राय सबै ठाउँहरुमा धान रोपाइँमा जुटिरहेका कृषकहरुले मध्य असारसम्म मल नपाएपछि उनीहरुमा चिन्ता थपिएको छ ।
कृषकले मानो खाएर मुरि उब्जाउने महिनाको रूपमा लिने यस असार महिनालाई सरकारलेपनि कृषकको प्रोत्साहन स्वरूप केही बर्ष यता असार पन्ध्रलाई धान दिवसको रुपमा मनाउदै आएको छ । सरकारले विभिन्न तामझाम सहित विभिन्न कार्यक्रम गरेपनि साच्चिकै रोपाइँमा लागेका कृषकले रासायनिक मल नपाएको गुनासो गरेका छन् ।
सबैलाई आ आफ्नै चिन्ता छ हामीलाई भने रोपाइँ गर्ने समयमा रासायनिक मल नपाएको चिन्ता छ वालिङ् नगरपालिका वाड नं १ की धान रोप्दै गरेकी कृषक मिना काफ्लेको गुनासो थियो । एउटै फाँटमा अन्यले रोपाइँ सुरु गरेपछि ट्याक्टरको लागि बाटो समेत नपाइने हुँदा मल नपाएपनि खेत रोप्न सुरु गरेको कृषक काफ्लेले वताईन ।
वालिङ् नगरपालिकामा मल अभाव भएपछि यसै खेत रोप्न सुरु गरेको गुनासो पोख्दै काफ्लेले रासायनिक मल नपाएका कारण यसै रोप्न थालिएको वताएकी छन् । खेती कस्तो हुने हो चिन्ता लागेको छ उनको गुनासो थियो । कोरोना भाइरसको कारण सबैतिर रोजगार गुम्दै छ यस समयमा उब्जनीलाई प्रमुख प्राथमिकता दिनुपर्ने बेलामा झन मल बिनाको खेती गर्द उत्पादन घट्ने चिन्ता थपिएको कृषकहरु वताउछन् ।
नेपालमा मल आपूर्तिको ब्यबस्थापन नेपाल कृषि सामाग्री कम्पनीले गर्ने र वालिङ् नगरपालिकाको लागी आवस्यक पर्ने मल आपूर्ति विभिन्न सहकारीले गर्दै आएको र हाल पनि यो महामारीको समयमा मल आपूर्ति गर्न सहकारीलाई स्वाकृती दिइसकेको हुँदा अब एक दुई दिनमै मलको आपूर्ति सहजहुने वालिङ् नगरपालिकाका प्रमुख दिलिप प्रताप खाँडले बताए । अहिले पानी छिटो परेको हुँदा कृषकको रोपाइँ छिटो भएको भन्दै एक दुई भित्र कृषकले मल नपाए सिधै नगरपालिकामा सम्पर्क गर्न खाँणले कृषकलाई आग्रह गरेका छन् ।