खेलाडीहरु राष्ट्रको लागि गहना हुन -मन्त्री अर्याल
सुशील सुबेदी
स्याङजा, १ पुस ।
सबैका लागि खेलकुद , स्वास्थ्यका लागि खेलकुद , राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराको साथ कालिगण्डकी गाउँपालिकाले तिन दिने दोस्रो संस्करण्को अध्यक्ष कप शुरु गरेको छ ।
सोमबार कालिगण्डकी गाउँपालिका स्थित भपिङ खेल मैदानमा अध्यक्ष कपको उद्धघाटन गदै भुमि व्यवस्था , सहकारी तथा गरिबी निबारण मन्त्री पद्या कुमारी अर्यालले भर्खरै सम्पन्न भएको साफ खेलकुदमा नेपाली खेलाडीले नेपालको नाम बिश्व ईतिहाँसमा चिनाएको बताउँदै खेलाडीहरु राष्ट्रको लागि गहना भएको बताएकी छन् ।
समाजबाद उन्मुख बाटोमा हिँडन सबै राजनैतिक दलले संबिधानमा उल्लेख गरेको बताउँदै बिभेदको खाडल पुर्दै समानतामूलक समाज निर्माण गर्न सरकार अगाडी बढेको बताईन् ।
यो सरकार समृद्ध मुलुक निर्माण गर्न अगाडी बढेको मन्त्री अर्यालले बताउँदै ईतिहाँसमा नभएको प्रगती आर्थीक क्षेत्रमा भएको बताईन् । तथ्य पल्टाएर हेर्दा कुल ग्राहस्त उत्पादनमा ७.१ प्रतिशतले बृद्धी हुनु भनेको मुलुक समृद्धीतर्फ उन्मुख भएको उनको भनाई छ ।
गत बर्ष महिला र पुरुष स्तरीय भलिबल खेलाईएको थियो भने यस बर्षको अध्यक्ष कपमा टेबल टेनिस थप गरिएको गाउँपालिका अध्यक्ष खिम थापाले बताए । उनले भने, ‘भौतिक पुर्बाधारको बिकाश गर्दै राष्ट्रिय खेलाडी उत्पादन गर्दै प्रत्येक बर्ष नयाँ खेल थपिँदै गईनेछ । ’ गाउँपालिकाको १५ लाख बिनियोजित रकमबाट उक्त कपको आयोजना गरिएको हो ।
सिङ्गल तथा डबल टेबल टेनिस , क्रिकेट , महिला पुरुष भलिबल , फुटबल खेलमा प्रतिस्प्रर्धा गराईएको छ । गाउँपालिका भरीका ३६ बिद्यालय उक्त प्रतियोगितामा सहभागी हुनेछन् ।
स्थायिन कला संस्कृती झल्कीने नेवा समुदायको लाखे , मगर समुदायको मारुनी एबं लोपोन्मुख संस्कृती अन्तर्गत झोईमामा नृत्य प्रदर्शन गरिएको थियो ।
गाउँपालिका उपाध्यक्ष साबित्रा कोईरालाको स्वागत सँगै शुरु गरिएको कार्यक्रममा सबिंधान सभा सदस्य मुक्ती पाठक , भिरकोट नगरपालिका नगर प्रमुख छायाँराम खनाल , नेकपा जिल्ला अध्यक्ष पारस गैह्रे लगाएतले मन्तब्य राखेका थिए ।