स्याङ्जा, १० मंसिर ।
स्याङ्जा विग आईडल, खुल्ला गायन तथा नृत्य प्रतियोगिता अन्तर्गत मर्ज राउण्ड वालिङमा सम्पन्न भएको छ । ‘स्याङ्जाको शान स्याङ्जाको पहिचान, नब प्रतिभाहरुका लागि विशिष्ट स्थान’ भन्ने नारा सहित ए.वि.सि.डी युवा क्लब वालिङ्ले विग आईडल आयोजना गरेको हो ।
सुपर मेगा अडिसन पार गरी आएका ७० जनाले मर्ज राउण्डमा प्रतिस्पर्धा गरेका थिए ।आगामी राउण्डका लागि मर्ज राउण्डबाट ३९ जना छनोट भएको निर्णायक मण्डल प्रतिनिधि अस्मिता रनपालले जानकारी दिइन् ।
स्याङ्जा विग आईडलका गायन तथा नृत्य तर्फका विजेताले ५०–५० हजार रुपैयाँ पुरस्कार पाउने क्लबका उपाध्यक्ष तथा कार्यक्रम संयोजक आविद अलिले जानकारी दिए । उनका अनुार उपविजेताले २५–२५ हजार रुपैयाँ र सहायक उपविजेताले १०–१० हजार रुपैयाँ पुरस्कार पाउने छन । अलिले विजेता, उपविजेता र सहायक उपविजेतालाई सिल, मेडल र प्रमाण–पत्र दिएर सम्मान गरिने बताए ।
गायन तर्फ उत्कृष्टलाई कभर गीत गाउने र नृत्य तर्फ उत्कृष्टलाई म्युजिक भिडियोमा अभिनय गर्ने अवसर दिईने बताए ।कार्यक्रममा वालिङ नगरपालिकाका प्रमुख दिलिप प्रताप खाणले स्याङ्जा विग आईडल नब प्रतिभाका लागि राम्रो अवसर भएको भन्दै भरपुर सदुपयोग गर्न सुझाव दिएका छन् । उनले ए.वि.सि.डी युवा क्लबले कार्यक्रम संचालनको क्रममा आई परेका झण्झट वाटै संस्था अझ मजवुद हुने मौका पाएको बताउदै संस्थाले प्रतिभा खोजिमा महत्वपूर्ण भुमिका निर्वाह गरेको वताए ।
खाँणलेआजका प्रतिभा भोलिका राष्ट्रिय कलाकार भएको भन्दै उच्च प्रगति र पुर्ण सफलताको शुभकामना समेत दिएका थिए । क्लबका उपाध्यक्ष तथा कार्यक्रम संयोजक आविद अलिको सभापतित्वमा भएको स्याङ्जा विग आईडलको संचालन संचारकर्मी नारायण विश्वकर्माले गरेका थिए । क्लबका सल्लाहाकार तथा नेपाली कांग्रेसका क्षेत्रिय सचिव दामोदर लम्सालले सहभागीलाई धन्यवाद दिएका थिए ।